काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।
आयरल्यान्ड ‘ए’ले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाएर १६. १ ओभरको क्षतिमा १ सय २२ रन बनाएको हो ।
नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूणर् योगदान गरे । सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।