• मंसिर ११ २०८१, मंगलवार

आज रंग र हर्षोल्लासको पर्व होली- उत्ताउलोबाट सभ्य बन्दै रंग लगाउनेहरु

चैत्र ११ २०८०, आईतवार

रंग र हर्षोल्लासको पर्व होली मनाउन सुरु भएको छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।वसन्त ऋतुको आगमनसँगै फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। एक–अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ। यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। काठमाडौंको वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन्। धेरैले होलीको अघिल्लो दिन नै होली उत्सव मनाउने गरेको पनि पाइन्छ ।

वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन्। साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ। आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।