जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन् ।
राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यस्तै शपथ ग्रहण समारोहमा रामचन्द्र मण्डलको उपस्थितिमा मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको शपथ गराए ।