• मंसिर १२ २०८१, बुधबार

टेरिजियम के हो?

चैत्र ८ २०८०, बिहीबार

आँखाको भित्री भागमा चौकोसको आकारमा देखिने हल्का गुलावी रंगको मासु वा भनौं बोसोको डल्लो पलाउने समस्या हो टेरिजियम ।

‘टी’ आकारमा फैलने यो समस्या अक्सर आँखाको सेतो भागमा देखापर्छ । यो तिव्रगतिमा फैलिएको खण्डमा यसले आँखाको नानीलाई समेत ढाक्छ ।

सामान्यतयाः आँखाको दुईवटा कुनामध्ये नाक छेउँको भागबाट सुरु भएर यो फैलदै आँखाको बीच भागसम्म पुग्छ । प्रायः २० देखि ४० वर्षसम्मका युवामा देखिने यो समस्या महिलाको तुलनामा पुरुषमा बढी हुने गर्छ । २० वर्षभन्दा कम उमेरका मानिसमा यो समस्या विरलै देखिन्छ ।

लामो समय निरन्तर फैलदै जाने टेरिज्म कुनै क्यान्सर होइन । फैलिने क्रममा एउटा निश्चित विन्दुमा पुगेर यो क्रम रोकिन पनि सक्छ । तर अधिकांश अवस्थामा यो फैलिएर आँखाको नानीलाई समेत ढाक्ने गर्छ । जसले गर्दा मानिसको दृष्टिमा समत असर पर्छ । यसले एउटा अथवा दुबै आँखामा असर पार्न सक्छ