काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक अहिले ९ बजे बस्न लागेको हो ।
आजको नियमित बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही सचिवहरूको सरुवाको पनि निर्णय हुन सक्ने बताइएको छ । संघीय मन्त्रालयमा कार्यरत आधा दर्जन जति मन्त्रालय र केही प्रदेश प्रमुख सचिवहरूको सरुवाबारे प्रारम्भिक छलफल भएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए
संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, श्रम, उद्योग, वित्त आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायहरूमा कार्यरत सचिवहरूको सरुवा हुन सक्ने ती मन्त्रीको भनाई छ ।