• मंसिर १४ २०८१, शुक्रबार

प्रत्यक्ष निर्वाचित प्रणाली र समानुपातिक संसदीय व्यवस्थामा जानुको विकल्प छैन : डा. भट्टराई

चैत्र ७ २०८०, बुधबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘राजनीतिक स्थिरताबिना देशमा सुशासन हुँदैन । त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूणर् समानुपातिक संसदको व्यवस्था हुनैपर्छ ।’

एक वर्षमा तीनचोटी सरकार परिवर्तन भएको पनि उनले बताए । ‘यस्तो अस्थिरतामा देश विकास हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री तथा पूणर् समानुपातिक संघीय र प्रदेश सभा बनाउने अभियान गर्नुपर्छ ।’ उनले अंश-अंशमा भ्रष्टाचार काण्ड बाहिर आएको र यसले हल नदिने पनि बताए ।

‘कांग्रेस सरकारमा हुँदा कम्युनिष्टलाई भष्ट्रचारी भन्ने । कम्युनिष्ट सरकारमा हुँदा कांग्रेसलाई भ्रष्टचारी भन्ने अनि मिलेका बेला साखिल्य हुने प्रवृत्ति छ यसरी भ्रष्टाचार निवारण हुँदैन,’ उनले भने, ‘यसका लागि अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्छ । पूर्वप्रधानमन्त्रीदेखि सबैको छानबिन गर्न र कारबाही गर्न सक्ने शक्ति सम्पन्न जनलोकपाल हुनुपर्छ ।’