• मंसिर १२ २०८१, बुधबार

साना बालबालिकामा दाँत किराले खाने समस्या

चैत्र ७ २०८०, बुधबार

पछिल्लो समय बालबालिकालाई बाहिरबाट आएका खाना रिफाइन खाना धेरै खुवाउने र धेरै गुलिया चकलेट मिठाइहरू खुवाउँदा लामो समयसम्म त्यो खाना दाँतमा अड्किएर बस्छ।

त्यसले दाँतमा धेरै समस्या देखिएको छ। धेरै थरीका ब्रसले दाँत माझ्दा पनि दाँतमा समस्या आएको छ। राम्ररी सफा नगर्दा वा खाना खाइसकेपछि कुल्ला नगर्दा त्यही खाना दाँतमा टाँसिराख्ने हुन्छ। त्यसले गर्दा मुखमा ब्याक्टेरिया धेरै भएर ब्याक्टेरिया इन्फेक्सन दाँतमा सर्दै जाने हो। त्यसलाई नै दाँतमा किरा लागेको भन्ने गरिन्छ।