• मंसिर १४ २०८१, शुक्रबार

गृहमन्त्री रविको बचाउ गर्दै ओलीले भने- संसदीय समिति बन्ने सम्भावना नै छैन

चैत्र ६ २०८०, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको प्रश्नमा ओलीले भने, ‘सम्भव छैन ।’ कांग्रेसले मंगलबारको संसदमा सहकारी ठगी प्रकरणको विषयमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेका थिए ।