• मंसिर १४ २०८१, शुक्रबार

पोखरा विमानस्थल बनाउन लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न पहल थालिएको छ : प्र.म दाहाल

चैत्र ६ २०८०, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रूपमा रूपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका हुन् ।

उनले यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिने बताए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले भने,‘पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्‍चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ । समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्‍चालन तथा अन्तराष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइनेछ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रूपमा रूपान्तरण गर्न कुटनीतिक पहल गरिएको छ । यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिनेछ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा छ ।’

प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्‍चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको जानकारी दिए । उनले समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्‍चालन तथा अन्तराष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइने बताए ।