• मंसिर १२ २०८१, बुधबार

व्रत बस्दा स्वास्थ्यलाई हुने फाइदा

चैत्र ५ २०८०, सोमबार

व्रत बस्नुको अनेकौ फाइदाहरु छन्।

व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ। तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानी पुर्‍याउँछ। सबै व्यक्तिले व्रत बस्न मिल्दैन। बालबालिका, गर्भवती, स्तनपान गरिरहेका महिला र दीर्घ रोगीहरुले व्रत बस्न नमिल्ने पोषणविद बताउँछन्।

व्रत बस्दा स्वास्थ्यलाई के कस्तो फाइदाहरु हुन्छ?

– व्रतले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।
– मस्तिष्क स्वास्थ्यमा व्रतले बढी फाइदा गर्छ।
– उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ।