• मंसिर १४ २०८१, शुक्रबार

कांग्रेसबाट धोका हुने देखिएकोले नयाँ समीकरण बनाइयो: प्रधानमन्त्री प्रचण्ड

चैत्र ४ २०८०, आईतवार

काठमाडौँ ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसबाट धोका हुने देखिएकोले नयाँ समीकरण बनाइएको बताएका छन् ।

आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले कांग्रेसबाट पटक-पटक धोका भएको र भोट ‘ट्रान्सफर’ हुने सम्भावना नदेखिएकाले समीकरण परिवर्तन गरिएको बताए । उनले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण

उनले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।’

प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ । पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ । हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’

प्रचण्डले गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको बताए ।