जम्मु–कश्मीर । कश्मीरका पृथकतावादी नेता यासिन मलिकको संगठनमाथि भारत सरकारले प्रतिबन्ध बढाएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु र कश्मीर लिवरेसन फ्रन्टलाई अझै पाँच वर्षका लागि गैरकानुनी मान्ने भएको हो ।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिबन्धित संगठन जम्मु–कश्मीरमा आतंक र विखण्डनलाई बढावा दिने गतिविधिमा संलग्न भएको बताएका छन् ।
त्यहाँको गृह मन्त्रालयले सन् २०१९ मलिकको संगठनमाथि प्रतिबन्ध लगाएको थियो । यो संगठन मुस्लिम संगठन हो । यसको उद्धेश्य कश्मीरलाई एक स्वतन्त्र राज्य बनाउने रहेको छ ।