• मंसिर १२ २०८१, बुधबार

काँसका भाँडाका फाइदाहरु

चैत्र २ २०८०, शुक्रबार

कुनैपनि मानिसलाई स्वस्थ राख्नको लागि उनीहरुले खाने भाँडा र पकाउने भाँडा कस्तो छ ?

त्यसको पनि असर हुन्छ ।यसले पौष्टिकतामा मात्रै नभएर स्वादमा पनि प्रभाव पार्ने गर्दछ । मानिसको शारीरिक स्वस्थको आधार खानाको पाचन प्रणालीसँग जोडिएको हुन्छ । खानाको पाचन प्रणाली सहज र सरल बन्नु नै स्वास्थ्यको पहिलो आधार हो । काँसको भाँडा वा चरेस मिसाइएको भाँडामा खाना पकाउँदा त्यो खाना आफैंमा शुद्ध हुने गर्छ । त्यसले यसले शरीर भित्र पुगेपछि हुने पाचन प्रणालीलाई पनि सहयोग पुर्‍याउँछ ।

यो हाम्रो शरीरको लागि असाधारण स्वास्थ्यबर्द्धक सम्पत्ति पनि हो । आयुर्वेदिक भौतिक शास्त्रीहरुले समेत काँसमा खाना खानुलाई एक किसिमको चिकित्सा विधिको रुपमा चर्चा गरेका छन् । यसले शरीरमा प्रवेश गर्ने सम्भावना रहेका जीवाणुहरुलाई मारेर खानालाई हाइजनिक बनाइराख्न मद्दत गर्छ ।

संस्कृत वाक्यांशमा ‘कांस्यांम् बुद्धिबर्धकम्’ भनिएको छ । जसको अर्थ कांस्य धातुमा खाना खाने वा पकाउनु बुद्धिकर्धक हुने गर्दछ भन्ने हुन्छ । यस्तो शुद्ध धातुमा खाना खानुले रोग प्रतिरोधात्मक क्षमताको समेत विकास हुने सो शास्त्रमा उल्लेख छ ।