नाक बन्द भएमा
चिसोका कारण नाक बन्द भएमा पनि मुखबाट ¥याल निस्कन सक्छ । विशेषगरी नाक बन्द भएमा नाकले सही तरीकाले सास लिन सक्दैन र मुखबाट सास लिनु परेको कारण सुत्दा खेर मुखबाट धेरै ¥याल निस्कने गर्छ ।
सुत्ने पोजिसन नमिलेमा
सुत्ने पोजिसन नमिलेमा गलत तरीकाले सुतेमा पनि मुखबाट ¥याल निस्कन सक्छ । विशेषगरी, घोप्टो परेर सुतेमा वा लामो समय एउटै पोजिसनमा सुतेमा पनि मुखबाट ¥याल निस्कन सक्छ ।
औषधीको दुष्प्रभाव
केही औषधीहरुमा यस्ता तत्वहरु पाइन्छ, जसका कारण मुखबाट ¥याल निस्कन सक्छ । अल्जाइमरको समस्या भएका व्यक्तिको मुखबाट समेत ¥याल निस्कन सक्छ।
स्लीप एप्निया
जब शरीरले रातको समयमा सही तरीकाले सास लिनमा असमर्थता जनाउँछ वा सुत्ने समयमा मानिस बढी तनावमा हुन्छ, त्यतिबेला उसले मुखबाट ¥याल निकाल्ने गर्छ।
मिठो तथा तातो खानेकुरा
मिठो तथा तातो खानेकुराका कारण पनि मुखबाट ¥याल निस्कन सक्छ । कयौपटक धेरै गुलियो, अमिलो तथा तातो खानेकुरा खानाले पनि ¥यालको ग्रन्थी ड्यामेज भई उक्त ग्रन्थीबाट धेरै पानी बग्न थाल्छ, र मुखबाट ¥याल निस्कन थाल्छ ।
एलर्जीको समस्या
शरीरमा कुनै कुराको एलर्जी भएमा पनि ¥याल निस्कन सक्छ । यदी कुनै मानिसलाई नाक वा मुख सम्बन्धि एलर्जी भएमा उसको मुखबाट धेरै ¥याल निस्कने समस्या उत्पन्न हुने गर्छ । कसैलाई रुघाखोकी बढी भएमा पनि मुखबाट ¥याल निस्कने समस्या उत्पन्न हुनसक्छ ।
एसिडिटी
अनुसन्धानकर्ताहरुका अनुसार एसिडिटीको समस्याका कारण पनि मुखबाट धेरै ¥याल बग्ने गर्छ । खासगरी एसिड रिप्लेक्स एपिसोडका कार ण पेटमा एसिडिटी हुने गर्छ । जसका कारण अन्ननलीमा एसिडिटी भरिएर ¥याल उत्पन्न हुने गर्छ । त्यसैले, एसिडिटीका कारण र्याल बग्न थालेमा तुरुन्तै उपचार गर्न जरुरी छ ।
र्याल ग्रन्थी सुन्निनु
र्याल ग्रन्थीमा कुनै किसिमको समस्या भएमा पनि ¥याल ग्रन्थी खराब हुनसक्छ । जसका कारण उक्त ग्रन्थीमा अधिक ¥याल जम्मा भई मुखमा पानी बग्ने गर्छ ।