• मंसिर १२ २०८१, बुधबार

मिर्गौला रोगबारे जान्नै पर्ने केही कुरा

चैत्र १ २०८०, बिहीबार

मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्दछ । मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबकोरुपमा बाहिर निकालेर शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ ।

मिर्गौलाले ठिकसँग काम गरे/नगरेको कसरी थाहा पाउने ?

  • रगतमा युरिया र क्रियाटिननको मात्रा हेरेर ।
  • २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिननको क्लियरेनस पत्ता लगाएर रगतमा हेमोग्लोबिन, क्यालसियम र फोसफोरसको जाँच गरेर र मिर्गौलाको हार्मोन उत्पादन सम्बन्धी जाँच गरेर ।
  • मिर्गौला रोगका कारण मधुमेह, उच्चरक्तचाप, पिसाब सम्बन्धी संक्रमण, दुखाई काम गर्ने औषधिको अधिकतम प्रयोग, अनावश्यक एन्टिबायोटिकको प्रयोग, पिसाब नलीको बनावटमा खराबी, वंशाणुगत रोग मिर्गौलामा पत्थरी आदि ।

 

मिर्गौला रोगका लक्षणहरु :

थकाई कमजोरी महसुस हुनु छाला चिलाउनु राति बढी पिसाब लाग्नु हातगोडा सुन्निनु महिनावारी गडबडी निदाउन कठिनाई पर्नु आँखा वारीपरि सुन्निनु मांशपेशीहरु वाउँडिनु कामवासनामा कमि आउनु रक्तअल्पता यी लक्षणहरु अन्य अवस्थामा पनि हुन सक्छन् । यस्ता स्वास्थ्य समस्या भएमा तुरुन्तै परिक्षण गराउनु पर्दछ ।

मिर्गौला खराब भएपछिका उपचार विधिहरु :

दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। मिर्गौला रोगीहरुले अपनाउनु पर्ने सावधानीहरु विभिन्न किसिमका रोगहरुबाट बच्च खोपहरु लगाउने। रक्तचाप नियन्त्रण गर्ने रगतमा चिनीमा मात्रा नियन्त्रणमा राख्ने। समुसचत खानपानमा ध्यान दिने प्रोटिन युक्त खाना कम खाने। धुम्रपानरमध्यपान नगर्ने नियमित रुपमा विज्ञहरुको सल्लाहमा काम गर्ने। चिकित्सकको सल्लाह विना औषधी सेवन नगर्ने।