• मंसिर १२ २०८१, बुधबार

‘सुलभ फार्मेसी’द्वारा सुलभ सुविधा दिन खोज्दै काठमाडौँ महानगर

चैत्र १ २०८०, बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल गठन गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले सकेसम्म छिटो सुलभ फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरी अघि बढ्नुपर्ने बताए ।