• फाल्गुन २९ २०८२, शुक्रबार

रुस-युक्रेन युद्धमा फसेका नेपाली स्वदेश फर्काउन दलहरू एक ठाउँमा आउनुपर्छ : सिटौला

फाल्गुन ३० २०८०, बुधबार

काठमाडौं । कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको टिप्पणी गरेका छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा उनले रुस युक्रेन युद्धमा फसेका नेपालीहरूलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरू सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए ।

नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताए । उनले सधै आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्न नहुने पनि उल्लेख गरे । उनले श्रमिकका समस्या समग्र रुपमा समधान गर्नुपर्ने बताए ।