• मंसिर १४ २०८१, शुक्रबार

२६ सय शहिद परिवारलाई १० लाखका दरले पैसा बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको थिएँ : प्रकाशशरण महत

फाल्गुन २९ २०८०, मंगलवार

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौता अनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले मंगलबार पत्रकार सम्मेलन गरी बजेट बाँड्ने प्रस्ताव अस्वीकार गरेको खुलाएका हुन् । ‘२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरेँ,’ डा. महतले भने,‘त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो । तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्र्नुभएको छ ।’

उनले आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिष्ट नदेखाएको भन्दै आफू सरकारबाट बाहिरएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको बताए । ‘लिष्ट बनाएर १०-१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन,’ डा. महतले भने ।