• आश्विन १३ २०८१, आईतवार

आजको दिन मेरो हो

फाल्गुन २९ २०८०, मंगलवार

हरेक मानिस हरेक काममा सक्षम हुन्छन् । तर उनीहरू अरूको जीहजुरी गरेर हिँड्छन् । सामुन्नेमा चाकरी र चाप्लुसी गर्नु तर ढाडपछाडि कुरा काट्नु मानिसको दिनचर्या नै हो । ‘हजुरको कुरा ठीक छ, सही हो’ जस्ता कुरा राखिदिने संस्कार नै बसिसकेको छ । यसले मानिस सदा असफल हुन्छ र कमजोर हुन्छ, अरूको भर पर्नुपर्छ भन्ने देखाउँछ ।

तर मानिस आफैमा सक्षम छ । उसको संकल्प उच्च छ । इच्छा दृढ छ र र निरन्तर प्रयत्न जारी राखिरहन्छ भने ऊ सफल हुन्छ । उसमा यसका लागि आत्मविश्वासको आवश्यकता छ । त्यसैले हरेकले संकल्प उच्च राख्नुपर्छ । आफूभन्दा माथिका भनिनेहरूसँग आँखामा आँखा मिलाएर हेर्न र निशंकोच वार्तालाप र आफ्ना कुरा राख्न हीनताबोध गर्नुहुँदैन ।

तपाई आफूलाई अरूभन्दा कमजोर र कम क्षमतावान सम्झनु हुछ भने तपाई तल नै परिरहनुहुने छ ? आफूले आफूलाई आदर गर्न नसक्ने हो भने तपाईले अरूलाई देखाएको आदर ढोंग र चाप्लुसी मात्र हो । जो आफूले आफैलाई आदर र सम्मान गर्न सक्दैन, त्यसले अरूलाई दिएको सहयोगमा तुक हुँदैन ।

तपाईको निर्वलता र विवशताले तपाईलाई बोलाएर भन्ने छ, तपाई आफ्नो बारेमा नराम्रो र कमजोर विचार राख्नुहुन्छ । यति भएपछि तपाईको सफलता आशंकाको घेरामा हुने छ । अरूले पनि त्यही सम्झने छन्, जो तपाईले सोचिरहनु भएको र अनुभूत गरिरहनुभएको छ ।

त्यसैले तपाई सम्झनुहोस्, आज मेरो दिन हो । त्यसैले आज कुनै कुविचार, भय, डर, अविश्वास, ग्लानी, डाह, लोभ बाट बच्नेछु । म आफूलाई यी सबै कुराबाट बचाएर लैजाने छु । विश्व हर्षमय छ । विशव सफलताको खानी रहेको छ । स्वास्थ्य, सुरक्षा, मेलजोल, प्रशन्नता र सदाचार मसागै छ । मेरो पक्षमा छ । मलाई प्रकृतिले कला प्रकट गर्न जन्माएको हो ।

त्यसैले धमिलो म धमिलो, दोषपूर्ण चित्रभन्दा पूर्ण र दोषहीन चित्र ल्याउँछु भन्ने सोच्नुस् । साच्चै नै आजको दिन तपाईको दिन हुनेछ ।
(स्वेट मार्डनको ‘वैज्ञानिक सफलता’बाट)