• मंसिर १४ २०८१, शुक्रबार

संसदमा कांग्रेसको भूमिका फेरियो,देउवाले बोलाए पदाधिकारी बैठक

फाल्गुन २९ २०८०, मंगलवार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन् ।

संसदमा काँग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने एक नेताले बताए । संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन् ।