फागुन २८, काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति भएको छ । सिंहदरबारमा सोमबार अबेर सम्पन्न छलफलपछि ४ बुँदे सहमति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले बताइन् ।
मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।
९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति भएको छ । उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागी आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सहमतिसँगै अहिले चलिरहेको आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् ।
सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सकिएको छ । माघ १६ गतेदेखि पीडितहरू हिँडेरै काठमाडौँ आएका थिए ।