• आश्विन १३ २०८१, आईतवार

बच्चाको मोबाइल हेर्ने बानी यसरी कम गर्नुहोस्

फाल्गुन २८ २०८०, सोमबार

पछिल्लो समय बच्चाहरुको स्क्रिन हेर्ने बानी ठुला समस्या बनेको छ । बालबालिकाहरुमा मोबाइल,टिभिको स्क्रिन हेर्ने लत छुटाउन अभिभावकलाई ठुलो चुनौती बनेको छ । धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले आँखा सुख्खा बन्ने आँखा चिलाउने, पोल्ने, रातो हुने हुन्छ । अझ बन्द कोठामा लामो समय बसिराख्दा टाउको धेरै दुख्छ । त्यसैले यसबारे अभिभावक सचेत बन्नु पर्दछ ।

स्क्रिन हेर्ने लत लाग्न नदिनुहोस् ।
– दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन हुँदैन ।
– २ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने । अनलाइन कक्षा भए पनि सीमित समयमा मात्र स्क्रिनमा राख्ने ।
– अनलाइन कक्षामा भए पनि बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।
– बच्चालाई नजिकबाट स्क्रिन हेर्न नदिने । मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।
– स्क्रिनबाट टाढा राख्न बच्चालाई घरको बार्दली, छतमा केही बेर खेल्न दिने वा काम लगाउनु पर्दछ ।
– आँखामा समस्या नआउँदै गाँजर, सागपात, आपँ जस्ता पहेँलो फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।
– बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।
– विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिँदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ ।
– स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क शिक्षकले पनि दिनु हुँदैन ।
– अभिभावकहरूले बच्चाको आँखा बेलाबेलामा जाँच गराइराख्नुपर्छ ।