• मंसिर १४ २०८१, शुक्रबार

बेनोजिर भुट्टोका श्रीमान जरदारी बने पाकिस्तानका राष्ट्रपति

फाल्गुन २७ २०८०, आईतवार

इस्लामाबाद । पाकिस्तानको १४औं राष्ट्रपतिमा आशिफ अलि जरदारी निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा ६८ वर्षीय जरदारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निवाएचित भएको समाचार संस्था द डनले जनाएको छ ।

महमुद खान अचकजईलाई पराजित गर्दै जरदारी राष्ट्रपति बनेका हुन् । जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिगको समर्थन थियो ।

अचकजईलाई पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक इन्साफका सांसदहरूसहित सुन्नी इतिहाद काउन्सिलको समर्थन थियो । पिटिआईका उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए ।

जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म ११औं राष्ट्रपति बनेका थिए । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनोजिर भुट्टोका श्रीमान हुन् । बेनोजिरको सन् २००७ डिसेम्बर २७ मा रावलपिण्डीमा हत्या भएको थियो ।