• आश्विन १३ २०८१, आईतवार

मुखमा घाउ आउँदा बेवास्ता नगरौं, केही घरेलु उपाय:

फाल्गुन २७ २०८०, आईतवार

मुखमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। मुखमा घाउ आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । मुखको घाउ भनेर बेवास्ता गर्नुहुन्न । कुनै घाउ गम्भीर प्रकृतिका पनि हुन्छन् । समयमै चिकित्सकलाई देखाउने र रोग पहिचान गरेर उपचार गर्ने हो भने सजिलै र छिट्टै निको पार्न सकिन्छ ।

मुखमा घाउ पार्ने चिज छन् भने सबैभन्दा पहिले ती चिज हटाउनुपर्छ । चोटपटकका घाउका लागि पेनकिलर प्रयोग गरिन्छ । संक्रमण भएर आएको घाउका लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । क्यान्सर छ भने पहिले मासुको जाँच गरेर त्यहीअनुसार किमोथेरापीको प्रयोग गरिन्छ । केही अवस्थामा शल्यक्रिया पनि गरिन्छ ।  मुखमा कसरी घाउ आएको हो, मुखको पनि कुन अंगमा आएको छ, कुन प्रकृतिको छ जस्ता विषयमा सचेत हुनुपर्छ ।

यसका लागि केही घरेलु उपाय:

– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
– बढी चिल्लो, पिरो नखाने
– अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।
– हल्का उम्रेको गेडागुडी बिहान खाने
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
– धुम्रपान,मद्यपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने
– कब्जियत हुन नदिने
– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
– महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् ।
– माथिको घरेलु उपायले निको नभएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिने