• फाल्गुन २९ २०८२, शुक्रबार

आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्रबीचको सहकार्य अपरिहार्य छ : मन्त्री महासेठ

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौं । भौतिक तथा यतायात मन्त्री रघुवीर महासेठले मुलुकको आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्रबीचको सहकार्य अपरिहार्य हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले सरकार र नीजि क्षेत्रकाबीच सहकार्यबिना मुलुकले फड्को मार्न नसक्ने बताए ।

उनले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ मन्त्री महासेठले दुवै क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू हटाउनुपर्ने जिकिर गरे ।

उनले मुलुको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको उल्लेख गरे । उनले नयाँ सरकारले देखिनेगरी काम गर्ने दावी गरे ।