• फाल्गुन २९ २०८२, शुक्रबार

सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गर्यो (सूचीसहित)

फाल्गुन २५ २०८०, शुक्रबार

काठमाडौं । सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ। सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ। गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गरिएको हो।

‘नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका २,६७४ जना व्यक्तिहरूलाई सम्मानस्वरुप नेपाल सरकारले मिति २०८०/९ /२४ मा सहिद घोषणा गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ’, राजपत्रमा उल्लेख छ।