• मंसिर १४ २०८१, शुक्रबार

मेरो लक्ष्य सत्ता होइन सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नु हो : प्र.म दाहाल

फाल्गुन २४ २०८०, बिहीबार

फागुन २४ , काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् ।  संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताएका हुन् ।

‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुनेछैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।’