नवनियुक्त १६ जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतलनिवासमा आयाेजित समाराेहमा १६ मन्त्रीले राष्ट्रपति रामचन्द्र पाैडेलबाट शपथ लिएका हुन् । गठबन्धनका चार दल समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
क्याबिनेटका तीन मन्त्रीले भने साेमबारै शपथ लिएका थिए । उनीहरूकाे कार्यविभाजन मात्रै आज टुंगिएकाे हाे ।
चार दलबीच भएकाे आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेकाे जसपाले भने तत्काल सरकारमा जाने निर्णय गरेकाे छैन । जसपाले सरकारमा जाने विषयमा बिहीबार मात्रै निर्णय लिने बताइएकाे छ ।
यस्ताे छ मन्त्रीहरूकाे सूची
एमाले
१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्योग
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
१) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, ऊर्जा
४) रेखा शर्मा, सञ्चार
५) हितबहादुर तामाङ, पर्यटन
रास्वपा
१) रवि लामिछाने, उपप्रधान तथा गृह
२) डीपी अर्याल, श्रम
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा
एकीकृत समाजवादी
१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२) धनबहादुर बुढा, शहरी विकास