• मंसिर १४ २०८१, शुक्रबार

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै

फाल्गुन २३ २०८०, बुधबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । बुधबार साँझ गठबन्धनमा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने सहमति भएको हो ।

उसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय पाएको छ ।

एकीकृत समाजवादीले मन्त्री पनि टुंगो लगाइसकेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भानुभक्त जोशी र सहरी विकास मन्त्रालय धनबहादुर बुढाले पाएका छन् ।