• मंसिर १४ २०८१, शुक्रबार

कुन पार्टीले कुन मन्त्रालय पायो ? को–को भए मन्त्री ?

फाल्गुन २३ २०८०, बुधबार

काठमाडौं । सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन् । एमाले ८ मन्त्रालय पाएको छ भने माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् ।

गठबन्धनमा जसपा पनि छ तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए । नयाँ मन्त्रीहरूले बुधबार अपराह्न ५ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।
कुन पार्टीबाट को भए मन्त्री ?

नेकपा एमाले
१.रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२. राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला
४. बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, हेरफेर हुनसक्ने
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
७. हरि उप्रेती, रक्षा
८. ज्वालाकुमारी साह, कृषि

नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२. वर्षमान पुन, अर्थ
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिचाइ
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृह
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४. डोलप्रसाद अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा