• मंसिर १४ २०८१, शुक्रबार

२ मन्त्रालय सहित एकीकृत समाजवादी सरकारमा जाने

फाल्गुन २३ २०८०, बुधबार

काठमाडौं । एकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने ।