काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ ।
नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमालेको तीव्र दबाब छ। दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्।