काठमाडौं । नयाँ गठबन्धनको बैठक बस्दैछ । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरी तिमल्सिनाले जानकारी दिए । उनका अनुसार गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पुराना सबै मन्त्रीहरूलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरू नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रीबारे आज बैठकमा निर्णय हुने बताइएको छ ।
एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा शपथग्रहण गरेका छन् ।