काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक चलिरहेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन् ।
कोटेश्वरस्थित नेपालको निवासमा चलिरहेको छलफलमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
कांग्रेससँगको सत्ता सहकार्य तोडेर नयाँ सत्तागठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन चाहेका छन् ।
परिवर्तित घटनाक्रमपछि एकीकृत समाजवादीको आज आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक समीकरणका विषयमा तत्काल कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको थियो ।