• फाल्गुन २९ २०८२, शुक्रबार

दुबईबाट नेपाल आइनपुग्दै श्रममन्त्री भण्डारीको मन्त्री पद चट

फाल्गुन २१ २०८०, सोमबार

काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै मन्त्रीहरू समेत नयाँ बनेका छन् । यसअघिका सरकारका सबै मन्त्री फिर्ता भइसकेका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिनाविभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई शपथ खुवाएका हुन् ।

नेपालमा सत्ता समीकरण नै परिवर्तन भइरहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी भने विदेशमा थिए । यूएई भ्रमण सकेर नेपाल फर्किने क्रममा छन् ।

उनी नेपाल आइनपुग्दै सत्ता समीकरण फेरिएपछि उनको पद पनि गएको हो । विदेशमै रहँदा उनी पदमुक्त भएका हुन् । मन्त्री भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डलको टोली ‘दुबई रोजगार मेला’ को उद्घाटन गर्न यूएई पुगेको थियो । उनी नेपाल फर्किन नपाउँदै पदमुक्त हुन पुगेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट १६ चैत २०७९ मा भण्डारी १९औँ पटक मन्त्री बनेका थिए । श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पदमुक्त हुने क्रममा उनी विवादमा तानिएका थिए । अभिमुखीकरण तालिम शुल्क बढाएको, अनलाइन सफ्टवेयरका लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएको, फ्री भिजा फ्री टिकट कार्यान्वयन गर्न नसकेको लगायतका विषयमा उनी विवादमा तानिएका हुन् ।