• फाल्गुन २९ २०८२, शुक्रबार

आज नवनियुक्त तीन मन्त्रीले लिए शपथ

फाल्गुन २१ २०८०, सोमबार

काठमाडौँ । आज नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिने मन्त्रीहरुमा बिनाविभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।

तामाङ माओवादी, गिरी एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् ।