• मंसिर १३ २०८१, बिहीबार

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

फाल्गुन २१ २०८०, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार दुई वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज युनिभर्सल पावर र छिमेक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज युनिभर्सल पावरको ८.५५ प्रतिशतले हुन आउने १७ लाख ९५ हजार ७ सय ९९ दशमलव २५ कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नै छिमेक लघुवित्तको ५ प्रतिशतले हुन आउने १४ लाख १७ हजार ७ सय १ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।