काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् ।
सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।
अबको गठबन्धनले के गर्छ पर्ख र हेरको रणनीतिमा कांग्रेस छ । कांग्रेस पदाधिकारीहरुको निर्णय अनुसार प्रधानमन्त्री आफै गठबन्धन टुटाउन अग्रसर भएको निष्कर्शमा पुगेका छन् । गठबन्धन टुटाउने प्रधानमन्त्री आफै भएको भन्दै सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरु राजीनामा नदिने निष्कर्शमा पुगेको हो ।