काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको बैठक स्थगित भएको हो ।
बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।