• मंसिर १४ २०८१, शुक्रबार

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, राजनीतिले अर्को कोर्ष लिने संकेत

फाल्गुन २० २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज एकै दिन दुईपटक भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी छ । प्रचण्डसँग छलफलका लागि एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत साथमा लिएर बालुवाटार पुगेका हुन् ।

आज बिहान पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । आजै साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा मन्त्री रहेकाहरूसँग छलफल गरेका छन् । नेताहरूको यो सक्रियताले राजनीतिक घटनाक्रम फेरबदलको संकेत दिएको छ ।