• जेष्ठ ५ २०८१, शनिबार

माइक्रोफाइनान्सले एक-डेढ वर्षदेखि तनाव दिइरहेको गभर्नर अधिकारीको भनाई

फाल्गुन २० २०८०, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले माइक्रोफाइनान्सले एक-डेढ वर्षदेखि तनाव दिएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनले गाउँगाउँमा बैंकिङ पहुँच बढाउन माइक्रोफाइनान्सको अवधारणा ल्याइएको बताए । केहीले त्यो अवधारणा नअपनाएको उनको भनाइ छ ।

‘हामीले वित्तीय पहुँच बढाउन माइक्रोफाइनान्स अवधारणा ल्याइयो तर, केही माइक्रोफाइनान्स अवधारणा अनुसार नचल्दा एक/डेढ वर्षदेखि तनाव बढेको छ,’ उनले भने, ‘बजारमा अराजकता सिर्जना भएको छ । ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको छ । यो नहुँदो हल्ला हो ।’