काठमाडौं । आइतबार सुनचाँदीको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ७४० सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३ हजार २२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकेको छ ।