• बैशाख २३ २०८१, आईतवार

पुष्कर शाहको शब्द र नीता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक (भिडियाेसहित)

फाल्गुन २० २०८०, आईतवार

काठमाडौं । गायिका नीता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुष्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायाङ्कन रहेको सो भिडियोमा बुद्धि तामाङको श्रृङ्गार रहेको छ । गीतको भिडियो नीता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मेहनतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता तथा दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भनिन् ।

आचार्यका ‘जिन्दगी’, ‘सँगै जिउने हो भए साथमा नभए यादमा’, झिमझिम परेली’, ‘गरिदेउ बिदा’, ‘मनको धोको’ जस्ता गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय छन् । अमेरिकामा बस्दै आएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आएकी छिन् ।

‘सबै खालका गीत गाउन मनपर्छ । मायाप्रेमका गीत, आधुनिक र लोक फ्युजन भएका गीत अलिक बढी गाएकी छु’, उनी भन्छिन् ।