जोर्नीको आवाज
जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ ।
पेट कराउने
पाचन प्रक्रियामा गडबड हुदाँ पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ ।
बंगाराबाट आवाज
खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।
नाकबाट सिट्ठी बजे जस्तो आवाज
रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो हुनुमा श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।
कान बज्नु
कहिलेकाँही कानमा पानी वा कुनै कुरा छिरे आवाज आउन सक्छ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउनसक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउनसक्छ ।