• आश्विन १३ २०८१, आईतवार

बिहान उठ्ने बित्तिकै चक्कर लाग्छ ? लक्षण र उपाय

फाल्गुन २० २०८०, आईतवार

 बिहान उठ्ने बित्तिकै कहिँलेकाहीँ चक्कर लाग्छ ? टाउको दुखेर वा कहिलेकाहीँ बसेको ठाउँबाट उठ्दा पनि चक्कर लाग्छ ?यस्तोमा चक्कर लाग्नुलाई धेरैले सामान्य रुपमा लिन्छन् । तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले यस्तो चक्कर वा रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा कारण पत्ता लगाइ उपचार गर्नु पर्दछ ।
चक्कर लाग्ने लक्षण
– टाउको दुख्नु
– शरीर अनियन्त्रित भएको अनुभूति हुनु
– आँखा धमिलो देख्नु
– अध्याँरो छाउनु
– अनुहार फिका हुनु
– शरीर चिसो हुनु
– शारीरिक कमजोरी महसुश हुनु
– चक्कर लागेर लड्नु
– वान्ता हुनु
– बोल्नुमा कठिनाइ हुनु आदि ।

घरेलु उपचार
– ५० ग्राम किसमिसलाई हल्का आँचमा घ्युमा पकाउने र स्वाद अनुसार नुन मिसाउने । यसलाई दिनमा तीन पटक सेवन गर्ने ।
– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्ने ।
– यदि गर्मीको कारण चक्कर लागेको भए अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने र बिहान यसलाई छानेर पिउने ।
– बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्ने ।