• आश्विन १३ २०८१, आईतवार

महिनावारी भएको समयमा यी काम भुलेर पनि नगर्नुहोस्

फाल्गुन २० २०८०, आईतवार

महिलालाई हरेक महिना महिनावारी हुन्छ । महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुदैँन ।

सरसफाईमा ध्यान नदिने :  महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

पर्याप्त नसुत्नु : महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

फास्ट फूड खानु : महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुदैँन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स पाइँदैन र शरीर कमजोर हुन थाल्दछ ।

शारीरिक सम्बन्ध :  कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । साथै पीडा पनि बढ्न सक्छ ।

व्रत बस्नु : महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैनन् । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

अत्यधिक व्यायाम :  महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसंचार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

महिनावारी हुँदा योनाङ्गमा पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ । यसलाई धुन रासायनिक उत्पादनको प्रयोग गर्नु हुदैँन । यस अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।- एजेन्सी