• मंसिर ११ २०८१, मंगलवार

सल्यानमा वैचारिक पत्रिका ‘नयाँ खबर’ बिमोचन

फाल्गुन १९ २०८०, शनिबार

सल्यान । सल्यानमा एक कार्यक्रमकाबीच विचार र अन्तरक्रियामुखी त्रैमासिक पत्रिका ‘नयाँ खबर’ बिमोचन गरिएको छ । सल्यान जिल्लाबाट पहिलोपटक प्रकाशित सो पत्रिका जिल्लाको दार्मा गाउँपालिकाको केन्द्र फारुला बजारमा बिमोचन गरिएको हो । पत्रिकालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य कमरेड आधार सीले बिमोचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि आधारले पत्रिका बिमोचन गर्दै जिल्लामा खाँचो परेको बौद्विक कार्य वैचारिक पत्रिका प्रकाशन हुनु खुशीको विषय भएको बताए । समान्य क्षमताले वैचारिक पत्रिका संचालन हुन गाह्रो हुने भन्दै उनले भने, ‘यस पत्रिकामा पत्रिकाका सम्पादक, प्रकाशक र पत्रिकामा जोडिएको टिमले आफ्नो कार्यक्षमता तथा बौद्विक क्षमता देखाएको छ ।’
पत्रिका बिमोचन कार्यक्रमका अतिथि जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकी ‘रैती’ले जिल्लाबाट विचारमूलक पत्रिका प्रकाशन भएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा रेडियो तहल्काका स्टेसन म्यानेजर तथा समाजसेवी डिल्लीराज रावतले जिल्लामा थुप्रै मिडिया भए पनि यस्तो पत्रिकाको अभाव रहेकोमा ‘नयाँ खबर’ले सो अभाव पूरा गरेको बताए ।

पत्रिका बिमोचन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य अनन्तप्रसाद शर्मा ‘बिन्दु गौतम’, नेपाली कांग्रेस सल्यान जिल्ला समितिका पूर्वसचिव रामचन्द्र के.सी, नेकपा (एकीकृत समाजवादी)का कणर्ाली प्रदेश समिति सदस्य दलबहादुर दाहाल, फारुला बहुमुखी क्याम्पसमा प्रमुख दीपक शर्मा, जनज्योति माध्यमिक विद्यालय फारुलाका प्रधान अध्यापक मीनराज वली, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढाकाडामकोटका प्रधान अध्यापक प्रताप चन्द लगायतका अतिथिहरुले जिल्लामा यस्तो पत्रिका प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै पत्रिकाको सफलताको शुभकामना दिए ।
पत्रिका बिमोचन कार्यक्रम पत्रिकाका सम्पादक तथा प्रकाशक भीम भारतीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन पत्रिकाका प्रबन्धक निर्देशक मदन चन्दले र्गका थिए ।

सो पत्रिकाका संरक्षकहरुमा आधार सी, असल सी, बन्धु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेका छन् । त्यस्तै पत्रिकाको सल्लाहकारहरुमा लोकवार्ताविद वामपन्थी बुद्धिजीवी मनोहर लामिछाने, नेकपाका केन्द्रीय सदस्य तथा राप्तव्यूरो इन्चार्ज सविन सी, सो पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण सल्यान जिल्ला इन्चार्ज कमरेड अनिल सी र राजनीतिकर्मी तथा समाजसेवी ओपेन्द्रनाथ योगी रहेका छन् । त्यस्तै पत्रिकाको कानुनी सल्लाहकारमा अधिवक्ता विपना योगी रहेकी छिन् ।