• मंसिर १२ २०८१, बुधबार

त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

फाल्गुन १९ २०८०, शनिबार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको समूह चरण अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको शानदार जित निकालेको छ।

१२१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा चार विकेट विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६रनको योगदान दिए।

यस्तै गुलशन झाले ३८ रनको योगदान दिँदा कुशल भुर्तेलले १२ तथा आशिफ शेखले ८ रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले नटआउट ४ तथा कुशल मल्लले नटआउट २ रन बनाए।

टस जित्दै पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १२० रन बनाएको थियो। नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले दुई/दुई तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए।

यता नेदरल्यान्ड्सका भिभिएन किङ्माले तीन तथा आर्यन दत्तले एक विकेट लिए। पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडाउटले सर्वाधिक ३१, टिम भानडर गुटेनले २४, रोलेम भान डर मर्वेले २३ र कप्तान स्कट एडवर्डले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।