• आश्विन १३ २०८१, आईतवार

कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?

फाल्गुन १९ २०८०, शनिबार

रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । कोलेस्टेरोलको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ।स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ ।

हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै एक गम्भीर समस्याको रुपमा देखा परेको छ । यसलाई सब भन्दा छिटो फैलिने बिमारीको रुपमा लिइन्छ ।

हामी कोलेस्टेरोलको लक्षण देखे पनि नजरअन्दाज गरिरहेको हुन्छ । आखिर के कारणले कोलेस्टेरोल बढ्छ र कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?

मानिस देख्दा स्वस्थ देखे पनि कोलेस्टेरोल बढ्नुका कारण हृदयघात जस्ता खतराको चपेटामा पर्न सक्छ। कोलेस्टेरोल बढ्नुको मुख्य दुई कारणहरु छन्, एक हाम्रो जीवनशैली र दोस्रो हामीले खानेकुरा ।

१) हात खुट्टा नचल्नु वा लाटो हुनु: कोलेस्टेरोल बढ्दा हाम्रो शरीरमा प्राय खुट्टा झमझम हुने वा काँटाले घोचेको जस्तो हुने महसुस हुन्छ । साथै यदि तपाइँको हात खुट्टा बेला बेला चिसो हुन्छ भने कोलेस्टेरोल बढेको कारण यस्तो हुन सक्छ ।

२) एकदम धेरै थकान वा कमजोरी महसुस हुनु: कोलेस्टेरोल बढ्दा बढी थकाई लाग्ने, धेरै पसिना आउने जस्ता समस्या देखा पर्छन् ।

३) तौल बढ्नु: कोलेस्टेरोल बढ्यो भने शरीरको वजन एकदम छिटो बढ्छ। यसकारण मोटो व्यक्तिहरुको शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ र यस्ता व्यक्तिहरुलाई मुटु वा दिमागको बिमारी हुने खतरा पनि धेरै नै हुन्छ ।

४) टाउको दुख्नु वा रिंगटा लाग्नु : कोलेस्टेरोल बढ्दा मुटुको साथ साथ दिमागमा रगत पुर्याउने अर्टेरिसमा पनि असर पार्छ। जसको कारण टाउकोको पछाडी भाग र आधा टाउको अचानक दुख्न सुरु हुन्छ । कहिले कहिँ डर लाग्ने वा चक्कर आउने समस्या पनि हुन्छ ।

५) सास फुल्नु वा धेरै पसिना आउनु: शरीरमा कोलेस्टेरोल बढ्नले मुटु वा शरीरमा रगतको संचारलाई कमजोर बनाइदिन्छ । यस्तोमा थोरै काम गर्दा पनि धेरै थाक्ने, पसिना आउने वा सास फुल्ने जस्ता समस्या देखा पर्छन् ।

७) खाना नपच्नु वा ग्यास्ट्रिक बढ्नु : हाम्रो शरीरको पाचन प्रक्रियामा ठुलो असर पार्छ । कलेजोमा कोलेस्टेरोल बढेको कारण मेटाबोलीजम कमजोर हुन थाल्छ । यसकारण पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने या कब्जियत जस्ता समस्या हुन्छ ।

८) आँखाको वरिपरी दाना आउनु: जब शरीरमा कोलेस्टेरोलको मात्रा बढ्छ तब आँखाको वरिपरी हल्का पहेंलो दाना जस्ता देखा पर्न थाल्छ । सुरुवातमा यी दाना साना हुन्छन् तर विस्तारै बढेर ठुलो बन्छ । यदि समयमै ध्यान दिएन भने विस्तारै ठुलो हुँदै जान्छ र दुख्न पनि सुरु हुन्छ ।