काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकका क्रममा सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा पनि ध्यानाकर्षण गराएको भन्दै रुलिङ गरेका हुन् । फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ उठेका प्रश्नको जवाफ दिन उनले सरकारलाई रुलिङ गरेका हुन् ।
बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेका थिए । नेकपा एमाले र राप्रपाले बालकुमारी घटना, दुग्ध किसानको विषय, मिटरब्याजपीडित तथा बैंक तथा वित्तीय संस्थाको ऋणीको समस्यामा सरकारको जवाफ मागेर सदन चल्न अवरोध गरेका थिए । त्यसपश्चात् सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।